अरुण भ्याली हाइड्रोपावरको नाफा र आम्दानीमा उल्लेख्य वृद्धि

२४ बैशाख, काठमाडाैँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावरले विद्युत बिक्री र नाफामा उल्लेखनीय वृद्धि गर्दै लगानीकर्ताको ध्यान आकर्षित गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत बिक्री आम्दानी र खुद नाफा दुवै गत आवको सोही अवधिको तुलनामा तीव्र गतिमा बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिमा भएको ६ करोड १ लाख रुपैयाँको आम्दानीको तुलनामा २२८.२५ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा करिब ५८ गुणाले बढेको छ। गत वर्ष सोही अवधिमा ५७ लाख रुपैयाँ मात्र नाफा कमाएको कम्पनीले यस वर्ष ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

वित्तीय प्रदर्शनमा देखिएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसाले बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २१.०९ गुणा रहेको छ।

३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours