विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

२२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदैछ ।

यस निम्ति प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे ३ बजे बस्दैछ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुनेछ ।

यो विधेयकमाथि सहमति जुटाउने गरी समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको कार्य प्रगतिका विषयमा मूल समितिमा छलफल हुनेछ ।

११ सदस्यीय उपसमितिको संयोजकत्वमा छविलाल विश्वकर्मा छन् ।

उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह, बिना जैसवाला सदस्य छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours