स्वास्थ्य बीमाबाट गम्भीर रोगको उपचार गर्न सुविधा थैली परिमार्जन गर्ने

१९ वैशाख, काठमाडौं । सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ ।’

साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने उनले बताए । आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours