१२ वैशाख, काठमाडौं । पराराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताएकी छन् ।
थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।
उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइन् ।
भूपरिवेष्टित तथा ९२ साना राष्ट्रहरू सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरू हासिलका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताइन् । उनले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलफल भएको बताइन् । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरू विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ ।
पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ थियो ।


+ There are no comments
Add yours