होटल सारथीले आइपिओ जारी गर्दै

०८ वैशाख, काठमाण्डौँ । हाेटल सारथी प्रा.लि. ले आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्ने प्रक्रियाका लागि सिटिजन क्यापिटल लिमिटेडसँग सम्झौता भएको हाे ।

धुलिखेलमा आयोजित एक समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाेटलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।
आईपीओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ ।

यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने कम्पनीको संयुक्त विज्ञप्तिमा जानकारी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours