अंगुरको भाउ बढ्यो, किलोको कति ?

०२ वैशाख, काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । डेढ महिना अवधिमा अंगुरको भाउ किलोमा ३० देखि ४० रुपैयाँ बढेको छ । बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितको तथ्यांक हेर्दा आज मंगलबार हरियो अंगुरको भाउ थोकमा प्रतिकिलो अधिकतम २ सय रुपैयाँ र औसत मूल्य १ सय ९० रुपैयाँ कायम छ । यस्तै कालो अंगुरको थोक मूल्य प्रतिकिलो अधिकतम २ सय ५० र औसत २ सय ४० रुपैयाँ छ ।

कालीमाटी बजारमा १७ फागुनमा हरियो अंगुर किलोको १ सय ५३ देखि १ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै कालो अंगुर २ सय ५३ रुपैयाँदेखि २ सय ८० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

पुसदेखि बजारमा अंगुर आउन थालेको थियो । त्यो बेला होलसेलमा अंगुर किलोको २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म थियो ।

यस्तै माघमा हरियो अंगुरको थोक मूल्य १ सय ९० देखि २ सय रुपैयाँ र कालो अंगुर २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

उपभोक्ताले भने हरियो अंगुर प्रतिकिलो २ सय ५० देखि ३ सय र कालो अंगुर ३ सय ५० देखि ४ सय रुपैयाँसम्म तिरिरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours