पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त

१६ फागुन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ ।

आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव मनाउने सिलसिलामा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरिएको फ्रान्सेली दूतावासले जनाएको छ ।

सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने, अन्नपूर्ण हिमाल सम्बन्धी तस्वीर प्रदर्शनी गर्ने, अन्नपूर्ण हिमाल सम्बन्धी कथा वाचन गर्ने लगायत काम गर्ने बताइन् ।

पर्वतारोहणको गौरवशाली इतिहासलाई सम्मान गर्दै, वातावरणीय संरक्षण र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने यात्रामा सँगै रहन पाउँदा गर्व लागेको उनले बताइन् ।

‘हिमालहरू हाम्रो साहसमात्र होइन, प्रकृति र भविष्यका लागि जिम्मेवारी पनि हुन्,’ उनले भनिन् ।

श्रेष्ठले अन्नपूर्ण हिमालको पनि सफल आरोहण गरिसकेकी छिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours