लुम्बिनीमा भोलि सार्वजनिक विदा

२० माघ, बुटवल । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निालेर जानकारी गराएका हुन् ।

लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा दिवसलाई एकैदिन माघ २१ मा मनाउन थालिएको हो ।

हेर्नुहोस् विज्ञप्ति :

You May Also Like

More From Author

+ There are no comments

Add yours