१५ मंसिर, काठमाडौँ । नेपाली मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाखाशाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हिमपातको सम्भावनासमेत रहेकाे छ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ।
आइतबार कोशीलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्यटन तथा पर्वतारोहणमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।
+ There are no comments
Add yours