सहमतिअनुसार बुटवल–नारायणगढ सडक नबनाए सरकारले विकल्प खोज्छ : मन्त्री दाहाल

१७ भदाै, काठमाडाैं । भौतिक पूर्वाधार तथा योजनामन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने बताएका छन्।

बुटवल नारायणगढ सडकको अनुगमनका क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका पुगेका मन्त्री दाहालले ठेकेदारले कुनै पनि बहानमा पछिल्लो सहमति कार्यान्वयनमा आनाकानी गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताएका हुन्।

‘देशको मुख्य राजमार्गको हालत यस्तो छ। सबैको ध्यान यो सडक कहिले बनिसक्ला भनेर हेरिरहेका छन्ँ, उनले भने, ‘अब पनि ठेकेदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ, एउटा ठेकेदारका कारण देशको महत्त्तवपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनै पनि अर्थमा स्वीकार्य हुँदैन।’

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सडक विस्तार योजनाको शिलान्यासको काम भएको स्मरण गर्दै मन्त्री दाहालले अब ओली नेतृत्वको सरकारले नै सडक विस्तारको काम सम्पन्न गर्ने बताए। मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार पक्षले कामको समय मिलाउन नसक्दा अहिलेको अवस्था आएको बताए।

स्थलगत अनुगमनका क्रममा ‘पिच’ गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटरभन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्नुहुँदै उनले ठेकेदार पक्षले कार्य समय मिलाउन नसक्दा समस्या भइरहेको उल्लेख गरे।

मन्त्री दाहाललाई मध्यविन्दु नगरप्रमुख भीमलाल अधिकारीले सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेका समस्याबारे जानकारी गराएका थिए।

RSS Error: A feed could not be found at `https://www.digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html; charset=UTF-8`

You May Also Like

More From Author

+ There are no comments

Add yours