भिभो र जाइस्ले नेपालको प्रिमियम मिड–रेन्ज सेगमेन्टमा प्रोफेशनल मोबाइल इमेजिङ ल्याउँदै

०५ भदाै, काठमाडौं । नेपाल – ग्लोबल टेक्नोलोजी ब्राण्ड भिभो, आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइस्सँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामीे लन्चको साथ नेपाली स्मार्टफोन बजारमा क्रान्ति ल्याउने तयारीमा छ । यो अग्रणी सहकार्यले देशभरका बढी भन्दा बढी उपभोक्ताहरूका लागी प्रोफेशनल–ग्रेड मोबाइल फोटोग्राफीको पहुँच पुर्याउने एक महत्वपूर्ण कोसेढुङ्गालाई चिन्हित गर्दछ ।

भिभोले २०२० मा जाइस्सँगको ग्लोबल सहकार्य सुरु ग¥यो, जसको मुख्य उद्देश्य मोबाइल इमेजिङ्ग नवप्रवर्तनलाई अघि बढाउनु हो । पहिलो भिभो जाइस् सह–इन्जिनियरिङ्ग इमेजिङ प्रणाली भिभो एक्स सिरिजसँगै डेब्यू भयो, जसले स्मार्टफोन फोटोग्राफीको लागि नयाँ मानकहरू स्थापित ग¥यो । भिभोको फ्ल्यागसिप एक्स सिरिजमा जाइस् अप्टिक्सको सफल एकीकरणले विश्वभरका प्रयोगकर्ताहरूका लागि फोटोग्राफी मापदण्डहरूलाई पुनः परिभाषित गरेको छ । अब, प्रिमियम मिड–रेन्ज सेग्मेन्टमा जाइस् प्रविधिको परिचयसँगै, भिभोले नेपालको उपभोक्ताहरूलाई असाधारण इमेजिङ क्षमताहरू प्रदान गर्न तयार छ ।

“हामी नेपालमा हाम्रो प्रिमियम मिड–रेन्ज स्मार्टफोन सिरिजमा जाइस् अप्टिक्सको शक्ति परिचय गराउन पाउँदा उत्साहित छौं,” भिभो नेपालका प्रबन्ध निर्देशक माइकल लिउले भने । “यो सहकार्यले अत्याधुनिक प्रविधि र अनुपम प्रयोगकर्ता अनुभवहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता र स्मार्टफोन इनोभेसनमा भिभोको विशेषज्ञता र अप्टिक्समा जाइस् को विरासतलाई एकसाथ ल्याउँदै, हामी नेपाली उपभोक्ताहरूको अपेक्षालाई पार गर्ने कुरामा विश्वस्त छौं।” आगामी भिभो भी ४० ले जाइस् सँगको सहकार्यमा डिजाइन गरिएको उन्नत अप्टिकल प्रणालीहरू समावेश गर्नेछ, जसले अद्वितीय इमेज गुणस्तर, शुद्धता, र वास्तविक व्यावसायिक फोटोग्राफी अनुभवको आश्वासन दिन्छ। आधिकारिक लन्चको लागि तयार रहनुहोस्, किनकि भिभोले नेपाली प्रयोगकर्ताहरूलाई विश्वस्तरीय फोटोग्राफी अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्न तत्पर छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours