आजकाे माैसम जानकारी
०८ बैशाख, काठमाडौं । आज २०७८ बैशाख ८ गते (बुधबार) दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
यस्तै राति देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।