Advertisement

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख २६ हजार संक्रमित

0 360

Advertisement

२६ चैत, काठमाडौँ । भारतमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (बुधबार) चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ६८४ जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.