२६ कात्तिक, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
परिसरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले विशेष चेकजाँच तथा निगरानी गरिएको थियो।
सोही क्रममा काठमाडौँ परिसर तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका ती सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको छ।


+ There are no comments
Add yours