राशिफल: ०५ कार्तिक २०८३ बिहीवार

२०८३ कार्तिक ५ गते (२२ अक्टोबर २०२६) बिहीवार। आश्विन शुक्लपक्ष एकादशी तिथि, ११ः४० बजेपछि द्वादशी।शतभिषा नक्षत्र, १९ः०८ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि: कुम्भ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा सफलता हात लाग्नेछ र प्रतीक्षा गरिएका कार्यहरू सम्पादन हुनेछन्। दैनिक आवश्यकताहरू पूरा हुनुका साथै श्रमको उचित कदर हुनेछ। विगतको कर्मबाट लाभ मिल्नेछ भने व्यापार तथा साझेदारीमा विशेष फाइदा हुनेछ। सञ्चित धनको सदुपयोग गर्ने अनुकूल समय छ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

गरिएको कर्मले मानप्रतिष्ठा र आर्थिक लाभ दुवै दिलाउनेछ। साधना र मिहिनेतले सार्थकता पाउनेछ भने प्रतीक्षित नतिजाले मन प्रसन्न रहनेछ। उच्चपदस्थ व्यक्तित्वहरूसँगको सम्पर्कले दिगो कार्यको जग बस्नेछ। पेसा–व्यवसायमा पनि प्रगतिको मार्ग प्रशस्त हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

प्रतिकूलतामा पनि भाग्यले उत्तम अवसरहरू जुराउन सक्छ। अवरोधहरू स्वतः पन्चिनेछन् र आफन्तको साथले उत्साह बढाउनेछ। सामाजिक तथा धार्मिक अनुष्ठानतर्फ रुचि बढ्नेछ। इमानदार प्रयासले नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ। भाग्याेदय हुने समय छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्य अनुकूल नहुँदा सोचेका उपलब्धिहरू हासिल गर्न केही विलम्ब हुन सक्छ। रोकिएका कामहरू दोहोर्‍याएर प्रयत्न गर्नुपर्नेछ। गोपनीयतामा विशेष ध्यान दिनुहोला, अन्यथा लाभका अवसरहरू गुम्न सक्छन्। विवेक पुर्याएर मात्र कार्य गर्नु श्रेयष्कर हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हाँसखेल र मनोरञ्जनपूर्ण वातावरणमा दिन रमाइलोसँग बित्नेछ। प्रियजनसँगको भेटघाट र आफन्तको आतिथ्यले मन प्रसन्न रहनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् भने प्रेमसम्बन्ध सुदृढ बन्नेछ। भौतिक साधन जुट्नुका साथै दिगो कार्यको थालनी हुनेछ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

संघर्षका बाबजुद रोकिएका कार्यहरू सम्पन्न हुँदा मनोबल उच्च हुनेछ। व्यापारिक क्षेत्रमा गरिएको मिहिनेतले सार्थक परिणाम दिनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ र भौतिक सम्पत्ति जोड्ने अनुकूल अवसर जुट्नेछ। सानो प्रयासबाट पनि राम्रो फाइदा लिन सकिनेछ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजाले प्राज्ञिक क्षेत्रमा उत्साह जगाउनेछ। गुरुजनको आशीर्वाद र सन्ततिको सहयोगले महत्त्वपूर्ण कार्यहरू अगाडि बढ्नेछन्म। बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनुका साथै दिगो फाइदा पुग्ने नयाँ योजनाको थालनी हुनेछ। यात्राको सम्भावना पनि रहेको छ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिजन्य कारणले कार्यक्षेत्रमा केही बाधा उत्पन्न हुन सक्छ। आफ्ना कमजोरीमाथि अनावश्यक टिप्पणी हुन सक्नेछ, तसर्थ सतर्क रहनुहोला। व्यवसायिक लाभका लागि हतार नगर्नु नै वेश हुनेछ। निर्णय लिँदा गम्भीर भएर, साेचेर मात्र अगाडि बढ्नुहोला।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आँट र पराक्रमले महत्त्वपूर्ण कार्यहरू सम्पादन गराउनेछ। सहयोगीहरूको साथले नयाँ कामको थालनी गर्न उत्साह थप्नेछ। उद्योग तथा व्यापारिक क्षेत्रमा प्रशस्त आम्दानी हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

अध्ययन, अध्यापन र लेखन क्षेत्रमा प्रगति हुनेछ। सुखद समाचारले मन प्रफुल्लित रहनेछ र बौद्धिक क्षमताको सर्वत्र प्रशंसा हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने बोलीको प्रभावले रोकिएका कार्यहरू सहजै सम्पन्न हुनेछन्। धनलाभ पनि मनग्य नै हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द लिने अवसर प्राप्त हुनेछ। पूर्वसफलताले उत्साह थप्नुका साथै नयाँ प्रस्तावहरू आउनेछन्। परिवारजनसँगको पुनर्मिलनले खुसियाली ममकमछाउनेछ। आफ्नो व्यक्तित्व र कुशलता प्रदर्शन गर्दै लाभ उठाउने उत्कृष्ट समय छ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

पारिवारिक उत्तरदायित्वका कारण केही दौडधुप र खर्च बढ्न सक्छ। आर्थिक प्रलोभन वा अदूरदर्शी निर्णयबाट टाढै रहनुपर्छ। लागतको मूल्यांकन गरेर मात्र कार्य गर्नुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त हुनाले रमाइलाे यात्राको साइत जुर्ने योग छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours