घटस्थापना अगाडी गरीने शान्ती!

२३ असाेज, काठमाडौँ । मिती २०८३ साल असोज २५ गते आइतबार नवरात्रको घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेको हुनाले शास्त्रहरूले –

चित्रावैधृतियुक्ता चेत्प्रतिपत्स्यान्महानिषा।
तत्रारम्भं न कुर्वीत कस्यचिद् धार्मिकस्य च॥

“निर्णयसिन्धु! अर्थ: यदि नवरात्रको प्रतिपदा (घटस्थापनाको दिन) चित्रा नक्षत्र वा वैधृति योगले युक्त छ भने, त्यो समय महानिशा (अत्यन्त अशुभ वा अन्धकारमय) समान हुन्छ।त्यस्तो अवस्थामा शान्ति नगरी कुनै पनि धार्मिक कृत्य वा घटस्थापनाको आरम्भ गर्नु हुँदैन।

चित्रावैधृतियोगे तु परित्यागः प्रशस्यते।
यदि तत्रैव कर्तव्यं तदा शान्तिं विधाय च॥”

धर्मसिन्धु! अर्थ: घटस्थापनाको दिन चित्रा नक्षत्र वा वैधृति योग परेमा त्यो समयलाई त्याग्नु (छोड्नु) सबैभन्दा उत्तम हुन्छ। तर, यदि सोही दिन र सोही साइतमा घटस्थापना गर्नैपर्ने बाध्यता छ भने, अनिवार्य रूपमा ‘शान्ति विधान’ (दोष निवारण पूजा र अभिषेक) गरेर मात्र घटस्थापना गर्नुपर्छ।
यसलाई अशुभ मान्दै यसको निवारणका लागि विशेष शान्ति विधि (अभिषेक र अर्चना) गरेर मात्र जमरा राख्ने र कलश स्थापना गर्ने स्पष्ट व्यवस्था दिएका छन्। ग्रन्थहरूका अनुसार यो दोष हटाउन गरिने शास्त्रोक्त विधि यस प्रकार छ।

चित्रा-वैधृति शान्तिपूर्वक घटस्थापन सङ्कल्प ॥

आफ्नो दाहिने हातमा तिल, कुस, फूल र अलिकति जल तथा द्रव्य (पैसा) लिएर यो सङ्कल्प पढ्नुहोला।
ॐ विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य ब्रह्मणो द्वितीये परार्धे श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलिप्रथमचरणे बौद्धाहन्तारे भूर्लोके जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत-हिमालयप्रदेषे नेपालराज्ये [आफ्नो स्थान/शहरको नाम] क्षेत्रे, रौद्रनाम संवत्सरे, दक्षिणायने,शरदृतौ], आश्विनमासे शुक्लपक्षे प्रतिपदायां तिथौ, चित्रा नक्षत्रे, वैधृति योगे, रविवासरे शुभदिने, [आफ्नो गोत्र] गोत्रोत्पन्नः [आफ्नो नाम] शर्मा/वर्मा/गुप्तो/अहं,

मम आत्मनः श्रुति-स्मृति-पुराणोक्त-फलप्राप्त्यर्थं, ऐश्वर्याभिवृद्ध्यर्थं, अपमृत्यु-निवारणार्थं, कायिक-वाचिक-मानसिक-सांसर्गिक-सकलदोष-निवारणार्थं, विशेषतः आश्विन-नवरात्र-घटस्थापन-काले विद्यमान-चित्रा नक्षत्र-वैधृतियोग-जनित-रिष्टदोष-निवारणद्वारा, श्रीदुर्गाभवानिका-प्रीत्यर्थं, चित्रा-वैधृत्योः अधिष्ठातृदेवता त्वष्टृ-दिति-सहित-नवदुर्गाणां पूजनं, तदङ्गभूतं कलशस्थापनं, धान्याङ्कुरारोपणं (जमरा राख्‍ने कार्यं) च अहं करिष्ये।

सङ्कल्प पूरा भएपछि हातमा भएको सबै सामग्री कलशको नजिक वा पूजा भुईँमा छोडिदिनुहोला।
त्यसपछी गौदान गरेर बरण ,पुण्यवाचन सकेर दिप,गणेश पूजा गरी अव कलशमा राख्नका लागि: धान त्यसमाथी कलश राखी मुखमा पञ्चरत्न, सप्तमृत्तिका (सात ठाउँको माटो), सर्वौषधि, दुबो, जौ, तिल, र गंगाजल,गणेश सुपारी,सुनको प्रतिमा,सर्सियु,आप,चाप ,पिपलको पात राखी,रातो,सेतो वस्त्रले मुखमा वाधी,सिक्का हालेर जल भर्दा यो मन्त्र पढ्नु पर्दछ।

ॐ आ कलशेषु धावति पवित्रे परि षिच्यते। उक्थैर्यज्ञेषु वर्धते॥

माथिबाट पूर्णपात्र राखेर तामाको थालीमा अष्टदल लेखी दश दिक्पालको पूजा गरी दुईवटा सुपारी राखी सुनको प्रतिमा राखेर चित्रा नक्षत्रका देवता त्वष्टा (विश्वकर्मा) र वैधृति योगकी देवी दितिको आवाहन गरी पूजा गर्ने चित्रा नक्षत्र (भगवान् त्वष्टा) को आवाहन र पूजा मन्त्र:

ॐ त्वष्टा नक्षत्रमभ्येति रेभन् हिरण्य रूपः सुदृशीको अयान्।
त्वेषं दधानो वपुषे वि भात्यृतस्य योनिं प्रथमावसानः॥

ॐ त्वष्ट्रे नमः, आवाहनं समर्पयामि।

वैधृति योग (देवी दिति) को आवाहन र पूजा मन्त्र:
मन्त्र: ॐ दित्यै नमः, वैधृतियोग अधिष्ठातृदेव्यै नमः, आवाहनं समर्पयामि।
उच्चारण: ओम् दित्यै नमः, वैधृतियोग अधिष्ठातृदेव्यै नमः, आवाहनं समर्पयामि।

चित्रावैधृतिसञ्जातं दोषं नाशय चण्डिके।
त्वष्टारं च दितिं चैव पूजयामि प्रसीद मे॥”

पूजा र जप ,आरती सकिएपछि, कलशको पवित्र जलमा दुबो वा कुस डुबाउने। त्यसपछि आफ्नो र परिवारका सदस्यहरूको टाउकोमा तथा पूजा सामग्रीमा यो ऋग्वैदिक शान्ति मन्त्र पढ्दै जल छर्कने (मार्जन गर्ने) [

मन्त्र: “ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः। वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि॥ ॐ शान्तिः शान्तिः शान्तिः॥”

उच्चारण: ओम् द्यौः शान्ति-रन्तरिक्षं शान्तिः पृथिवी शान्ति-रापः शान्ति-रोषधयः शान्तिः। वनस्पतयः शान्ति-र्विश्वेदेवाः शान्ति-र्ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि॥ ओम् शान्तिः शान्तिः शान्तिः॥

त्यसपछी जमरा राख्नु पर्दछ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours