धिम गाउँका सात जना अझै सम्पर्कविहीन

२२ असोज, बाजुरा। बाजुराको हिमाली गाउँपालिका –६ धिम गाउँका सात जना अझै सम्पर्कविहीन छन् । विगत केही महिनादेखि कामको सिलसिलामा उनीहरु रसुवाको टिमुरेमा बसोबास गर्दै आएका थिए । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएका हुन् ।

यता पाँडी गाउँ भने उनीहरुको पखाईमा रहेको छ । दसैँ तिहार मनाउन सधैँ गाउँ आउने गरेका उनीहरु यो वर्ष भने अझै फर्किएका छैनन् । हिउँद र वर्खा कामको खोजीमा बाहिर जाने गरेका यहाँका युवाहरु दसैको बेला गाउँमा आउने गर्छन् । अधिकांश गाउँमा फर्किएपनि यहाँका सात जना अझै सम्पर्कविहीन रहेकोले गाउँ नै शोकाकुल बनेको छ ।

यहाँका शेरसिंह रोकाया, दीपक रोकाया, विष्णुमती रोकाया, आराम नेपाली, उजना दमाई, मोहनलाल रोकाया, विक्रम भण्डारी, दिपे सार्की अझै सम्पर्कविहीन रहेका छन् । यीमध्ये केहीको आफन्तले हिन्दु धर्मअनुसार कुशको शव बनाएर काजक्रिया गरिसकेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours