Advertisement

सर्भरमा आएको गडबडीका कारण ठूलो परिमाणको डाटा लीक भएको ट्विचको भनाइ

0 560

Advertisement

२२ आश्विन, एजेन्सी । लाइभस्ट्रिमिङ साइट ट्विचले सर्भरमा आएको गडबडीका कारण अनपेक्षित र ठूलो परिमाणमा सम्वेदनशील डाटा अनलाइनमा लीक भएको बताएको छ।

अनलाइनमा प्रकाशित डाटामा ट्विचको आन्तरिक कोड तथा दस्तावेजका साथै हजारो उत्कृष्ट स्ट्रिमरहरुलाई गरिएको भुक्तान विवरण पनि समावेश थियो।

ट्विचले हालै भएको उक्त डाटा लीक सर्भरको कन्फिगरेशनमा भएको परिवर्तनको उपज भएको जनाएको छ।

तर कम्पनीले अनलाइनमा आएका सबै डाटा सही नै भए नभएको भने पक्क गरेको छैन। अमेजनको स्वामित्वमा रहेको ट्विचले एउटा सर्भरको कन्फिगरेशन परिवर्तन गर्ने क्रममा तेस्रो पक्षले पहुँच गरेको र यसबारेमा विस्तृत विवरण र अनुसन्धान भइरहेको बताएको छ।

तर ट्विचका स्ट्रिमर तथा दर्शकले पनि पासवर्ड परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ।

कम्पनीले हालसम्म कसैको लगइन विवरण नबाहिरिएको, युजरका क्रेडिट कार्डको विवरण संग्रह नगरेकाले कुनै वित्तीय सूचना सार्वजनिक नभएको, सबै यूजरको स्ट्रिम की स्ट्रिमिङ सफ्टवयरले सही ट्विच एकाउन्टमा प्रसारण गर्नका लागि प्रयोग गर्ने रिसेट गरेको प्रस्ट पारेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.