१० मंसिर, काठमाडौँ । नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना अर्थात् कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ।
यस अवधिमा २० अर्ब ६८ करोड ३३ लाख ९५ हजार रुपैयाँ बराबरको ८ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएको हो।
चालु आवको यो अवधिमा स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ८५ करोड ८२ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा नाम नखुलेको एकसहित ६१ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १६ अर्ब २४ करोड २५ लाख ५३ हजार रुपैयाँ बराबरको ७ लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएको छ।
भारतबाट ३ अर्ब ९० करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको १ लाख ६ हजार ३९४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। बाँकी ५९ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।
ती मध्ये उत्कृष्ट दश आयात विवरण तालिका यस प्रकार छ:
| क्र. सं. | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | अस्ट्रेलिया | ८६५ | १०६६८५ |
| २ | क्यानडा | १४४ | १७५३८ |
| ३ | चीन | ७५९३३६ | १६२४२५५३ |
| ४ | भारत | १०६३९४ | ३९००२९२ |
| ५ | जापान | ११०५ | ९४३७८ |
| ६ | दक्षिण कोरिया | २०५ | १६७७६ |
| ७ | मलेसिया | ५६८ | ३५९९ |
| ८ | यूएई | ३८२ | ३९२०२ |
| ९ | बेलायत | २७२ | ३३७७४ |
| १० | अमेरिका | १३३७ | १७२१७० |


+ There are no comments
Add yours