आज दिउँसो केही ठाउँमा हावाहुरी र राति ठूलो वर्षाको सम्भावना

असार, काठमाडौँ । गएराति कम मात्रै वर्षा भएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि दुई रात लगातार मध्यमदेखि ठूलो वर्षा भएको थियो ।

आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भरे राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours