भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरू हुने

१४ असार, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुन: सञ्चालन गर्ने भएको छ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी भोलि (असार १५ गते)देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र पुन: सुरु हुन लागेको जानकारी दिएको हो।

यस निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।

​अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि समय समेत निर्धारण गरिएको छ।

बिरामीहरूले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट प्राप्त गर्न सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours