ओप्पो फाइन्ड एन६ को क्रिज–मुक्त डिस्प्ले देखाउने आधिकारिक टिजर सार्वजनिक

१४ फागुन, काठमाडौँ । ओप्पो फाइन्ड एन६ चाँडै चीनमा लन्च हुने अपेक्षा गरिएको छ। हालैको एक अफवाहले मार्च १७ मा यो डिभाइस डेब्यू गर्ने सुझाव दिएको छ। सही लन्च मितिको बारेमा पुष्टि नभए पनि ओप्पोले आगामी फोल्डेबलको नयाँ टिजर पोस्टर जारी गरेको छ।

ओप्पोको आधिकारिक वेइबो च्यानलमा साझा गरिएको पोस्टर अनुसार ओप्पो फाइन्ड एन६ चाँडै आउने बताइएको छ। ‘स्मूथ सेलिङ’ ट्यागलाइन समावेश रहेको टिजरले फोनको भित्री फोल्डेबल डिस्प्ले प्रदर्शन गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ओप्पो फाइन्ड एन६ को इनर (भित्री) डिस्प्ले लगभग क्रिज–मुक्त भएको बताइएको छ। साथै फोल्डेबल फोनहरूमा क्रिज–मुक्त डिस्प्ले हुनु भनेको सामान्य नभएको उल्लेख गरिएको छ। यो महिनाको सुरुमा आन्तरिक उत्पादन प्रदर्शनको क्रममा फाइन्ड एन६ मा उद्योगमा सबैभन्दा स्यालो डिस्प्ले क्रिज रहेको भनिएको थियो।

ओप्पोको आगामी फोल्डेबल स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी र ६,००० एमएएच ब्याट्रीको साथ आउने हल्ला छ। डिभाइसमा २०० मेगापिक्सेलको प्राइमरी रियर क्यामरा, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो र ५० मेगापिक्सेलको अल्ट्रावाइड युनिट रहने अनुमान गरिएको छ। फोनको भित्री भागमा ८.१२ इन्चको एलटीपीओ डिस्प्ले र ६.६२ इन्चको कभर प्यानल रहेको बताइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours