०१ फागुन, काठमाडौँ । आज मिति २०८२ साल फागुन १ गते शुक्रबार विष्णुपदी नाम गरेको कुम्भ फाल्गुन
संक्रान्ति सिद्धार्थि नाम संवत्सर, श्रीसूर्यनारायण,उत्तरायण ,शिशिरऋतु, फाल्गुन कृष्णपक्ष विजया एकादशी तिथि अपरान्ह: २ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि आरम्भ ,मूल नक्षत्र ,वज्र योग ,कौलव करण ,फागुन १ गते प्रात: ७ / ५५ बजे पछि श्रीसूर्य : मकर राशीबाट कुम्भ राशीमा प्रवेश गर्नु हुनेछ।यो महिनाको देवताको नाम गोविन्द ,देवीको नाम धात्री ,सूर्यको नाम सूर्य हो।यो महिनामा कुम्भ राशिमा सूर्य ,धनु राशिमा चन्द्रमा र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
शुक्रबार सूर्य संक्रान्ती र मंगलबार औंसी परेको हुनाले जनताले सुख पाउने,सुन,चादी बस्तुको भाउ बढ्ने,कतै वातले जनधनको क्षती हुने,निर्माण सामाग्री अभाव भै मूल्य वृद्धि हुने छ।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours