राजनीतिमा नयाँ मोड: बालेन र कुलमान एकजुट, देश विकास पार्टी अघि बढाउने तयारी

१० पुष, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ।

घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गरिरहेका स्रोतहरूले बताए।

देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ।

बालेन र कुलमानबीच देश विकास पार्टीबाटै प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति पनि भएको छ र सोहीअनुसार शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी भएको बालेन र कुलमाननिकट स्रोतले बताएको छ ।

मेयर बालेन शाहले बुधबारदेखि राजनीतिक भेटघाट तीव्र बनाएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएका हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाइसक्नुपर्छ। साथै बालेनले फागुन २१ को प्रतिनिधि सभा चुनाव लड्न १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू पनि खोजिरहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours