एलिजाले जनादेश,आजपामा उपाध्यक्ष

१० पुस, काठमाडौँ। जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी गठनको एक महिनामै साथ छाड्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। आजपामा उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।

एलिजाले सामाजिक सञ्जालमार्फत आजपा अध्यक्ष प्रभु साहप्रति आभार व्यक्त गर्दै पार्टीलाई सबल र जनप्रिय बनाउन काम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन, महिला सशक्तीकरण र मजदुरको हकहितलाई प्राथमिकतामा राखेर १० बुँदे एजेन्डा अघि सारेकी छन्।

२५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामा सहभागी भएकी एलिजा बुधबार जनादेश पार्टीबाट अलग हुँदै आजपामा आबद्ध भएकी हुन्। उनले नयाँ पार्टीमा रहँदा गर्ने काम पनि सार्वजनिक गरेकी छन् । पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै उनले आफ्ना ‘एजेण्डा’ भनेर बुँदागत रुपमा लेखेकी छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours