जेल सजायअघि पूर्व राष्ट्रपति सार्कोजीले भेटे म्याक्रोनलाई

मंगलबार लिबियाबाट अवैध सहयोगको मुद्दामा कारावास जाँदै

०४ कार्तिक, काठमाडाैँ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी जेल सजाय सुरु हुनुभन्दा केही दिनअघि गत हप्ता राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई एलिसी प्यालेसमा भेटेको जानकारी प्राप्त भएको छ। एक स्रोतका अनुसार सार्कोजीलाई शुक्रबार भेट दिइएको थियो, यद्यपि भेटको थप विवरण प्राप्त भएको छैन।

सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका सार्कोजीलाई मंगलबार जेल जानुपर्ने भएको छ। सेप्टेम्बरको अन्त्यतिर उनलाई सन् २००७ को राष्ट्रपतीय निर्वाचनका लागि लिबियाका तानाशाह मोहमर गद्दाफीबाट आर्थिक सहयोग प्राप्त गर्ने योजना मा आपराधिक षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सन् २०१२ मा पुनः चुनाव हारेपछि सार्कोजीले निरन्तर कानुनी समस्याको सामना गर्नुपरेको छ।

सार्कोजीले यस फैसलालाई ‘अन्यायपूर्ण’ भनी अस्वीकार गरेका छन् र अपिल दायर गरिसकेका छन्। तर, अदालतले अपराधको प्रकृति ‘असाधारण रूपमा गम्भीर’ भएकाले अपिलका बाबजुद उनलाई कारावास पठाउने निर्णय लिएको छ। उनका वकिलहरूले जेल प्रवेशपछि तात्कालिक रिहाइको माग गर्ने जनाएका छन्।

मंगलबार बिहान पेरिसस्थित आफ्नो घरबाट ला सान्ते जेलमा जाँदै गर्दा सार्कोजीको परिवारले समर्थकहरूलाई उनीविरुद्धको षड्यन्त्रविरूद्ध ऐक्यबद्धता देखाउन आह्वान गरेको छ। सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा राखिने जानकारी आएको छ, जसबाट अन्य कैदीहरूसँगको प्रत्यक्ष सम्पर्क सीमित हुनेछ र सम्भावित सुरक्षा जोखिम घट्ने विश्वास गरिएको छ। जेल प्रशासनका अनुसार, उनलाई दिनको एकपटक एक्लै बाहिरी प्राङ्गणमा हिँड्न दिने सुविधा दिइनेछ। फ्रान्सेली दक्षिणपन्थी धारको राजनीतिमा सार्कोजी अझै लोकप्रिय छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours