२३ असोज, काठमाडौँ । पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधीन टियु क्रिकेट मैदानको निरीक्षण गरेका हुन् । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पहिलो चरणको काम लगभग सकिएको पाएको बताए ।
फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिबद्धता आएको बताए । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताए । करिब १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताए ।
मैदान राष्ट्रिय महत्वको विषय भएको र दोस्रो र तेस्रो चरण भनेर पनि काम भइरहेको पाएको बताए । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताए ।
राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताए । एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिए । एनपिएल मंसिर १ गतेबाट सुरु हुँदैछ । धेरै खेलकुदका पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताए ।
उनले फ्लड लाइटहरू नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताए । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीति भन्दा बाहिर राख्नुपर्ने बताए ।
उनले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताए । आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गरे ।
कामको भरपाईहरू समयमै हुनुपर्ने बताए । नेपाली टिमले राम्रो लय समातेको उल्लेख गर्दै क्रिकेटले अब नयाँ बाटो समात्ने दाबी गरे ।


+ There are no comments
Add yours