आज यी राशिले आर्थिक क्षेत्रमा फड्को मार्न सक्ने, अरुको दिन कस्तो ?

०५ असाेज, काठमाडौं । वि.सं.२०८२ साल आश्विन ५ गते । आइतबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–औंशी, ४६ घडी १३ पला, रातको १२ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा ।

नक्षत्र–पूर्वाफाल्गुनी, १० घडी ३९ पला, बिहान १० बजेर ८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शुभ, ३८ घडी ४५ पला, बेलुकी ९ बजेर २२ मिनेट उप्रान्त शुक्ल । करण–चतुष्पद, मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त नाग, रातको १२ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त कन्या । औंशीश्राद्ध । पितृबिसर्जन । विश्वशान्ती दिवस । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५९ मिनेट । दिनमान ३० घडी २० पला ।

आजको राशिफल

मेष
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्त्वपूर्ण उपलब्धिहरू गुम्न सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योेग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्रको लगानीको लागी समय मध्यम रहेको छ ।

वृष
(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । खाद्यान्न,पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

मिथुन
(का,की,कू,घ,ङ,छ,के,को,हा)

उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

कर्कट
(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दैनिक खर्च बढ्नाले अर्थ अभावले सताउन सक्छ । लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाडै विश्वास गर्नाले धोका पाइनेछ । प्रेममा अविश्वास बढ्ने तथा पति पत्नी बिच शङ्का उपशङ्का बढ्नेछ । अध्ययनमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि प्रयत्न गर्दा सापटी लगिएका धन सम्पत्ति फिर्ता हुने गतिलो सम्भावना रहेको छ । खाद्यान्न तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

सिंह
(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा उद्यौगिक क्षेत्रमा लगानी गर्ने समय रहेको छ । ईमान्दारिता र मेहनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कन्या
(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तुला
(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साँझपख भरसक यात्रा नगर्नुहोला ।

वृश्चिक
(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थ काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । साङ्गीतिक यात्रा हुने योग रहेको छ ।

धनु
(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शैक्षिक तथा धार्मिक यात्रा हुने भए पनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागदै प्रतिस्पर्धीहरूले खुट्टा तान्नेछन् । खोजीमूलक क्षेत्रमा नतिजा हात पार्नको लागी अडिनै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । तर पनि दैनिक उपभोग्य वस्तु तथा पहिरनको क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मकर
(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।

कुम्भ
(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन
(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours