अर्थमन्त्रीको पहिलो निर्णय स् पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने

३० भदौ, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले काम नभएका टुक्रे आयोजना खारेज गरिने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित् मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री खनालले पूर्वतयारी नगरिएका, काम नभएका टुक्रे आयोजना खारेजी र व्यवस्थापन गर्ने बताएका हुन् ।

उनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि खर्चको जोहो गर्ने पनि आफ्नो जिम्मेवारी रहेको बताए ।

देशको अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्ने विषयमा सबैलाई साथमा लिएर काम गर्ने मन्त्री खनालको भनाइ छ ।

आइतबार राति मन्त्री नियुक्त भएका खनालले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । शपथपछि उनले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours