रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ ।

देशभरका विभिनन कर्फ्यू जारी भएका स्थानमा प्रदर्शन सुरु भइसकेको छ । यसैबीच रौतहटको इन्द्रिस गेटमा टायर बालेर विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

त्यस्तै, रौतहटको यमुनामाई माध्यमिक विद्यालयका विद्यार्थीहरू गौर–चपुर सडक खण्डमा शेख इद्रिस गेट नजिक टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours