नेप्सेमा हिमालयन बैंकको साढे ९२ लाख कित्ता शेयर थपियो, के होला शेयर भाउ ?

१६ भदाै, काठमाडौं । हिमालयन बैंकको एफपीओ शेयर बजारमा सूचीकृत भएको छ । बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । एफपीओ सूचीकृत भएसँगै अब डिम्याट खातामा आएलगत्तै कारोबार हुन सक्नेछ ।

९ लाख २५ हजार ४६ जनाल बैंकको एफपीओ पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् ।

सर्वसाधारण समूहमा बैंकको शेयर हिस्सा ३० प्रतिशत पनि नपुगेपछि एफपीओ जारी भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

बैंकले अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको हो । हाल बजारमा शेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours