फैसला अध्ययन गर्न बार एसोसिएसनले बनायो समिति

११ भदौ, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र अन्य अदालतहरुको फैसला अध्ययन गर्न समिति गठन गरेको छ ।

बार कार्यसमितिले वरिष्ठ अधिवक्ता एवं न्यायपरिषदका पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्य छन् ।

कानूनी सिद्धान्त प्रतिकूलका, विवादास्पद एवं नजिरसँग बाझिएका फैसलाहरु अध्ययन गर्न समिति गठन भएको बार अध्यक्ष विजय मिश्रले बताए । उनले भने, ‘समितिले आफैं फैसलाहरु चयन गरेर नियमित अध्ययन गर्छ र निश्चित रुपमा प्रतिवेदन बुझाउँछ । समितिले नियमित रुपमा नै काम गर्छ ।’

बार निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशील दुवै खेमाका कानून व्यवसायीहरुका समूहले आफूहरु निर्वाचित भएमा फैसला अध्ययन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । ३० साउनमा भएको निर्णय बारले मंगलबार सार्वजनिक गरेको हो ।

यसअघि एनसेलको फैसला हुँदा बारले बरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको नेतृत्वमा यस्तै समिति गठन गरे पनि समितिले प्रतिवेदन बुझाउन सकेको थिएन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours