कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण, ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा

०४ भदाै, कञ्चनपुर । दोधारा चाँदनी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा ३हजार ९ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ ।

कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए। उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा २ हजार ८ सय ७५ मिटर कुलो निर्माण गरेको हो । साथै उपभोक्ता समितिमार्फत १ हजार २७ मिटर कुलो निर्माण गरिएको छ ।

“गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र ३ वटा पोखरी निर्माण गरिएको छ”, प्रमुख विष्टले भने। उनले तटबन्धमार्फत ८हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे।

उनले एक हजार १२४ मिटर ठेक्का र ४ हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए। “यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ”, उनले भने।

उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा २ करोड ६३ लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours