०१ भदाै, काठमाडाैँ । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज (भदौ १, आइतबार) पनि देशका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका तराई र पहाड भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान साथै बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभाग र बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका तराई र पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


+ There are no comments
Add yours