१५ साउन, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (साउन १५ गते)देखि हकप्रद निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशन गरेकाे हाे ।
उक्त हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। अर्थात् असार ५ गतेसम्म कायम शेयरधनीले सो हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन्। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते जोशी कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियाे । नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अनुमति पाएसँगै कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।


+ There are no comments
Add yours