‘भुवा’मार्फत निर्देशनमा फर्किए संसारकै कान्छा निर्देशक

२९ असार, काठमाडौं । संसारकै कान्छा फिल्म निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा तयार भएको छोटो फिल्म ‘भुवा’को छायांकन सकिएको छ ।

डान्स फिभरको प्रस्तुति रहेको यो फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् । यो सर्ट फिल्मको शीर्ष भूमिकामा अभिनेता गजित विष्टले अभिनय गरेका छन् ।

यो फिल्मले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यो छोटो फिल्ममार्फत फेरि एकपटक दर्शकलाई आफ्नो क्षमताको परिचय दिने विश्वास गर्न सकिन्छ ।

संगम विष्टले लेखेको पटकथामा सौगातले उत्कृष्ट निर्देशन गरेको निर्माणपक्षको भनाई छ । नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको फिल्ममा राजेन्द्र बजगाईंको संगीत छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours