१२ जिल्लामा आजदेखि भारी वर्षाको प्रक्षेपण, उच्च सतर्कता अपनाउन आग्रह

१५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार विशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ,कर्णालीका सुर्खेत,सल्यान र दैलेख तथा सुदुरपश्चिम प्रदेशका बैतडी,डडेल्धुरा,डोटी,अछाम, कैलाली र कञ्चनपुरमा भारी वर्षाको जोखिम छ ।

यो अवधिमा सकेसम्म यात्रा नगर्न, नदीकिनारमा नजान तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरू सतर्क भएर बस्न प्राधिकरणले आग्रह गरेको छ। ती जिल्लाका सुरक्षा निकायलाई पनि गृह मन्त्रालयले सतर्क र तयारी अवस्थामा रहन भनेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours