उकालो लाग्दै प्याजको भाउ, कति पुग्यो किलोको ?

१० असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ क्रमशः उकालो लागेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ उकालो लागेको देखाएको हो । तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँ बढेको छ ।

कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भएको थियो ।

१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours