गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

०३ असार, काठमाडौँ । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

योसँगै सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत हुनेछ । सम्झौता पत्रमा हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जवरा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours