Advertisement

प्रधानमन्त्री भेट्न विप्लव बालुवाटारमा, अरु दलको समर्थन खोज्दै

0 287

Advertisement

०६ श्रावण, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् । पछिल्लो समय राजनीतिक भेटघाट बढाएका विप्लव आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री बहाल रहँदा केपी शर्मा ओलीसँग मात्र भेट गरेका विप्लव त्यस बेला अरु राजनीतिक दलका नेतासँगको भेटघाटमा देखिँदैनथे । ओली सरकार ढलेलगत्तै नेता माधवकुमार नेपालसँग भेट गरेका विप्लव त्यसपछि सशस्त्र युद्धताकाका आफ्ना कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न खुमलटार पुगेका थिए ।

त्यसपछि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका विप्लवले सँगै सशस्त्र युद्धमा काम गरेका डा. बाबुराम भट्टराईसँग पनि उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

अर्धभूमिगत राजनीतिमा रहँदा हतियारसहित तथा हतियाररहित रुपमा समातिएका विप्लवका धेरै नेता–कार्यकर्ता अहिले पनि जेलमा छन् ।

अरु दलसँग कुनै सरोकार नराखी ओलीसँग आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सर्तमा सम्झौता गरेर खुला राजनीतिमा आएका उनी अहिले नेता–कार्यकर्ता छुटाउन सबै दलका नेतासँग भेटघाट गरिरहेका छन् । उनले आफ्ना गतिविधि राजनीतिक भनेर स्वीकार गरिसकेपछि नेता–कार्यकता थुनेर हैरानी दिएको गुनासो गरिरहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.