त्रिभुवन विमानस्थलबाट ३२ हजार चार सय डलरसहित चिनियाँ नागरिक पक्राउ

१६ जेठ, काठमाडौं । बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय सौजुन ल्यूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

एयर चाइनाको उडानद्वारा काठमाडौँबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours