वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

१३ जेठ, काठमाडौँ । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । “गत आवको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो”, उनले भने, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा २.८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

कार्यालयले साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ , भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ , असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ , कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ , मङ्सिरमा ३ अर्ब २२ करोड रुपैयाँ , पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ , माघमा ४ अर्ब २९ करोड रुपैयाँ , फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ , चैतमा ४ अर्ब ५० करोड रुपैयाँ र वैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours