गोकर्णेश्वर युवा समूहद्वारा खोप कार्यक्रमा सक्रियता
लक्ष्मण फुयाल
०१ साउन, काठमाडौं । सामाजिक सेवामा सक्रियरुपमा लागि रहेको गोकर्णेश्वर युवाद्वारा आज गोकर्णेश्वर नगरपालिका वडा ०६ स्थित शंखरापुर नगरपालिकामा भैरहेको खोप केन्द्रमा सक्रियता देखाउदै खोप केन्द्रमा भीडभाढको व्यवस्थापन गरेको छ ।
आज यस क्षेत्रमा भएको खोप कार्यक्रमा भीडभाड तथा खोप कार्यक्रममा अनियमिता भएको यस अवस्थामा गोकर्णश्वर युवा समूहले स्वंयसवेक रुपमा कार्य सम्पन्न गरेको, साथै खोप कार्यक्रममा माक्स तथा स्वास्थ्य्य सामाग्री सेनिटाईजर वितरण गरेको गोकर्णेश्वरका स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो ।
गत २९ असार सुरु भएको भोरोसेल खोपमा कार्यक्रम शंखरपुरमा अस्पतालमा केही दिन देखी भीडभाड भएको र खोप कार्यक्रममा अव्यवस्थित भैरहेको गुनासो आएको कारणले हामीले यस कार्यक्रममा केही व्यवस्थापनको भूमिका निर्वाह गरेको घिमिरेले बताउनुभयो ।
यस युवा समूहले निषेधाको समयमा माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका हरेक वडामा भएको आयोजना गरेको थियो । साथै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गोकर्णेश्वर युवा समूहद्वारा केही समय अगाडि बाढिले तहसनहस भएको सिन्धुपाल्चोक जिल्ला स्थित मेलम्ची तथा हेलम्बुका बाढी पहिरो पिडितहरुमा केही मलम लगाउदै सहयोग गरेका थियो ।
तस्वीरमा गोकर्णेश्वर युवा समूहको समाजिक गतिविधीहरु