०७ जेठ, काठमाडौँ । सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढेको छ । मंगलबार ६०० रुपैयाँले बढेको सुनको भाउ आज बुधबार प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


+ There are no comments
Add yours