भक्तपुरको पाइलट बाबा जंगलमा जुवा खेलेको अरोपमा १० जना पक्राउ

०६ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तीर्थबहादुर नगरकोटीसहित १० जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूबाट ८८ हजार ४१५ रुपैयाँ नगद बरामद गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours