सामाजिक सुरक्षा कोषबाट हालसम्म १४ अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी

१४ वैशाख, काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म १४ अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । कोषका अनुसार यहि बैशाख ११ गते सम्ममा उक्त रकम भुक्तानी गरिएको हो ।

हालसम्म कोषमा ७८ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा वैदेशिक रोजगारीबाट १५ लाख ९८ हजार २५२ जनाले योगदान गरेका छन् । यस्तै अनौपचारीक क्षेत्रबाट ४५७ जना र स्वरोजगार क्षेत्रबाट ३३२ जना योगदानकर्ताले योगदान गरेका छन् ।

कोषमा २ लाख ११ हजार ८४४ जनाले ६ लाख ५२ हजार ४३६ पटक भुक्तानी दावी गरेका थिए ।

कोषका अनुसार औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा औपचारिक क्षेत्रबाट २ अर्ब १७ करोड ६३ लाख १३ हजार ९८७ रुपैयाँ, अनौपचारिक क्षेत्रबाट ३९ लाख ७२ हजार २२१ रुपैयाँ र स्वरोजगारबाट १ लाख ८० हजार ६४१ रुपैयाँ गरि जम्मा २ अर्ब १८ करोड ४ लाख ६६ हजार ८५० रुपैयाँ जम्मा भएको छ ।

यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा औपचारिक क्षेत्रबाट ३ अर्ब २ करोड ९४ लाख ७५ हजार ८४३ रुपैयाँ, स्वरोजगारबाट २ लाख ५८ हजार ७८ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा औपचारिक क्षेत्रबाट ५९ करोड ४४ लाख २७ हजार ३३८ रुपैयाँ, स्वरोजगारबाट ४९ हजार ७६८ रुपैयाँ जम्मा भएको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा ४ अर्ब ९० करोड ५५ लाख ७५ हजार ४३४ रुपैयाँ जम्मा भएको छ ।

यसैगरि वृद्ध अवस्था सुरक्षा योजनामा औपचारिक क्षेत्रबाट ६१ अर्ब ६३ करोड २२ लाख ३६ हजार ७८३ रुपैयाँ, वैदेशिक क्षेत्रबाट २ अर्ब ४० करोड ७ लाख ४० हजार ६९३ रुपैयाँ, अनौपचारिक क्षेत्रबाट ३९ लाख ४४ हजार २१२ रुपैयाँ र स्वरोजगारबाट ५६ लाख ४४ हजार ५९४ रुपैयाँ गरि जम्मा ६४ अर्ब ४ करोड २५ लाख ६६ हजार २८४ रुपैयाँ जम्मा भएको छ ।

यस्तै अतिरिक्त योगदान १ अर्ब ३५ करोड ११ लाख ४२ हजार ९५ रुपैयाँ गरि जम्मा ७८ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ ।

जसमध्ये कोषले औषधि उपचार,स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत १ अर्ब ८९ करोड ५ लाख ४८ हजार ३३ रुपैयाँ दावी भुक्तानी गरेको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १८ करोड ५१ लाख ६४ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ ।

यसैगरि आश्रित परिवार सुरक्षा योजनामा २२ करोड ६३ लाख ७८ हजार ३४५ रुपैयाँ भुक्तानी गर्दा वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ११ अर्ब ८६ करोड १२ लाख ६६ हजार ६७ रुपैयाँ भुक्तानी गरेको छ ।
कोषमा २० हजार ४०७ रोजगारदाता र ५ लाख ७७ हजार ६६१ योगदानकर्ता आवद्ध भएका छन् ।

कुन प्रदेशबाट कति आवद्ध छन् ?

कोषमा कोशी प्रदेशबाट हजार १९१ जना रोजगारदाता र ६१ हजार १११ जना योगदानकर्ता आवद्ध भएका छन् । यस्तै मधेस प्रदेशबाट १ हजार ७६ जना रोजगारदाता र २८ हजार ४४३ जना योगदानकर्ता, बागमतीबाट १३ हजार ८७९ जना रोजगारदाता र ४ लाख ३९ हजार २३८ जना, गण्डकीबाट १ हजार ७ जना रोजगारदाता र २३ हजार ३८६ जना योगदानकर्ता आवद्ध भएका छन् ।

यस्तै लुम्बिनीबाट १ हजार ६८६ जना रोजगारदाता र २० हजार ४७७ जना योगदानकर्ता, कर्णालीबाट २१७ जना रोजगारदाता र २ हजार ६८ जना योगदानकर्ता आवद्ध हुँदा सुदुरपश्चिमबाट ३०० जना रोजगारदाता र २ हजार ९३८ जना योगदानकर्ता आवद्ध भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours