Advertisement

स्वगीय आमाको सम्झनामा भुसाल दम्पतिद्धारा विद्यालयमा अक्षयकोष स्थापना

0 390

Advertisement


तिर्थराज ज्ञवाली

१९ फागुन, मसुरीया (देउखुरी दाङ) ।
आफ्नी स्वगीय आमाको सम्झनामा राप्ती गाउँपालिकामा एक जोडिले विद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएको राप्ती गाउँपालिका वडा नं ३ मसुरीया बस्ने छोरा सुरेन्द्र प्रसाद भुसाल तथा बुहारी लक्ष्मी बन्जाडे भुसालले आमा तथा सासुआमा उमकला भुसालको स्मृतिमा श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा अक्षयकोष स्थापना गरिदिनु भएको हो ।

आमा निरक्षर भएपनि आमाको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा र सामाजिक कामका लाग्न आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा भुसाल द्धयले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको हो ।

२००७ सालमा जम्मनु भई २०७६ साल भाद्र १९ गते स्वर्गारोहण हुनुभएकी आमाको हिन्दु परम्परा अनुसार मृत्यु पछि गरिने विभिन्न संस्कार मध्यको भुमि दान, द्रब्य दानलाई हामीले शिक्षा क्षेत्रमा लगाउने र आमाको युगौ युगसम्म सम्झना रहिरहने उदेश्यले श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा १ लाख वढिको अक्षयकोष स्थापना र ५० हजारको भुमि खरिदका लागि दान गरेका हौ सुरेन्द्र प्रसाद भुसालले बताउनु भएको छ ।

दाता भुसालले अक्षयकोषको स्थापना बाट शैक्षिक क्षेत्रमा विद्यालयमा उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन गर्न सकिने जस्ले गर्दा विद्यार्थिमा मेहनत गरि पढ्ने बानीको विकास गर्न सकिने बताउनु भएको छ ।

विद्यालयको २४ औ बार्षिक उत्सवको अवसरमा भुसालले विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीलाई अक्षयकोषको रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीका अनुसार २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको र विद्यालयलाई नमुना बिद्यालय बनाउने प्रयासमा दाताहरुको आर्थिक तथा भौतिक सहयोग उपलब्धी मुलक रहेको बताउनु भएको छ ।

भुसालले स्थापना गर्नु भएको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष नेपाल बैकमा मुद्धति खातामा राखी बार्षिक आउने ब्याजको ७५ प्रतिशत रकम बाट उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्दै लैजाने प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीले बताउनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.