कोरोना कहरमा सक्रिय गोकर्णश्वरका स्थानीय युवाहरु
लक्ष्मण फुयाल
१९ जेठ, काठमाडौं । कोरोना कहरले सवैरपमा क्षेत्रलाई आक्रान्त पारेको छ । शिक्षा, स्वास्थ्य,रोजगारी देखी समाजका हरेक वर्ग समूदाय यस विषम परिस्थितीबाट कोही अछुतो रहन सकेको छैन ।
देश अहिले कोरोनाको दोस्रो लहरको समाना गरिरहेका छ । दैनिक हजारौ मानिसहरु संक्रमण भैरहेका छन् भने दिनकै १०० माथि कोरोनाको संक्रमणबाट जिवन अन्त्य भएको छ । यस विषम अवस्थामा सरकार तथा स्थानीय निकायहरुले आफ्नो जिम्बेवारी राम्रो संग बहन गर्न नसकेका अवस्थामा काठमाडौं स्थित गोकर्णश्वर नरपालिका वडा ०८ का स्थानीय युवाहरुले कोरोना कहरमा सक्रिय भइ सामाजिक सेवामा लागि परेका छन् ।
कार्यक्रमको नेतृत्व तथा मुख्य आयोजकको रुपमा यस गो नपा वडा ०८ का मनोज गोलेले विशेष पहल गर्नु भएको थियो । उनको सक्रियतामा कार्यक्रम अन्य स्थानीय युवाहरु सहभागि जनाएका थिए ।
आज विहान गोकर्णश्वर नगरपालिकको वडा नम्वर ०८ स्थित माकलबारी सानो पुलमा स्थानीय युवाहरुले माक्स तथा सेनिटाइजर लगायत औषधिहरु वितरण गरेको आयोजक स्थानीय युवा मनोज गोलेले जानकारी दिनुभयो ।
उक्त माक्स तथा सेनिटाइजर वितरण कार्यक्रमा गोकर्णश्वर नगरपालिकाको प्रवक्ता तथा वडा ०८ का अध्यक्ष मनोज ढुंगाना, माकलबारी युवा क्लवका अध्यक्ष सुजन थापा, अमित खड्का लगायत स्थानीय युवाहरुको उपस्थित रहेका थियो ।
कार्यक्रममा युवाहरुले बाटो बटुवा ,लगायत स्थानीय व्यक्त्तिहरुमा करिव ८ सय संख्यामा माक्स तथा सेनिटाइजर वितरण गरिएको छ । साथै वडा अध्यक्ष मनोज ढुंगानाले माकलबारीमा रहेको अस्थाई पुलीस विटका प्रहरी सहायक निरीक्षकलाई १ सय पिस माक्स तथा १ लिटर सेनिटाइजर वितरण गरेको स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो ।
कार्यक्रममा माक्स वितरण संगै नागरिकहरुमा कोरोनाबारे जनचेतना, सचेतना र कोरोनाबाट सतर्क र स्वास्थ्य सावधानी अपनाउन अग्रह गरेको घिमिरेले बताउनुभयो ।