काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन वृद्धि

११ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज शुक्रबार मंसिर ११ गते बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.७ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।

मंसिर २ गतेदेखि ९ गतेसम्म निरन्तर घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० गतेदेखि भने लगातार बढिरहेको हो। 

मंसिर २ गते ९.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंसिर ३ गते ९ डिग्री सेल्सियस, ४ गते ८.७ डिग्री सेल्सियस, मंसिर ५ गते ८.३ डिग्री सेल्सियस, ६ गते ८.३ डिग्री सेल्सियस, ७ गते ८ डिग्री सेल्सियस, ८ गते ७.९ डिग्री सेल्सियस र हिजो ९ गते ७ डिग्री सेल्सियसमा झरेको थियो। 

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।   

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ। 

मूलत: हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यस्तो छ बिहीबारको तापक्रम विवरण

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

यसैगरी राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख उपत्यका र खोच साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

यद्यपि यो बिहीबार साँझकै प्रक्षेपण हो। मौसम महाशाखाले अहिले बिहान ८ बजे मौसम बुलेटिन अपडेट गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours