आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

१४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours